युरोपियन नेशन्स लिग फुटबल

पोर्चुगललाई स्तब्ध पारेर फ्रान्स फाइनल चरणमा

पोर्चुगललाई स्तब्ध पारेर फ्रान्स फाइनल चरणमा
+
-

युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा विजयी भएर फ्रान्सले फाइनल चरणमा स्थान पक्का गरेको छ ।

समूह ए थ्रीमा रहेको फ्रान्सले साबिक विजेता पोर्चुगललाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको टिम पोर्चुगल पराजित भएको हो ।

फ्रान्सका लागि ५३ औँ मिनेटमा एन’गोलो कान्टेले गरेको गोल नै निर्णायक बन्यो।

दोस्रो हाफमा पोर्चुगलका जोसे फोन्तेले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार पोस्टमा लागेर फर्कियो ।

विश्वकै सर्वाधिक गोलर्कता पुरुष खेलाडी बन्ने होडमा रहेका रोनाल्डोले पहिलो हाफमा हेड मार्फत गरेको प्रहार पोस्ट माथिबाट गयो ।

जितपछि एक खेल बाँकी हुँदा फ्रान्स १३ अंकसहित समूहको शीर्ष स्थानमा छ । १० अंक रहेको पोर्चुगल दोस्रो स्थानमा छ ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा स्वीडेनले क्रोएसियालाई २–१ ले पराजित गरेको छ । दुवै टिमको समान तीन अंक छ । बाँकी खेल उनीहरुका लागि रेलिगेशनबाट जोगिने अन्तिम अवसर हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?