असिफा बानु बलात्कार-हत्या प्रकरण

असिफा बानुको न्यायको लागि कसले के भने?

असिफा बानुको न्यायको लागि कसले के भने?
+
-

८ वर्षकी असिफा बानुको बलात्कारपछि हत्या भएको घटनाले भारतमा अहिले पीडितको न्यायको लागि आन्दोलन भइरहेको छ। गएको जनवरीमा भएको घटनामा दोषीलाई उम्काउन राजनीतिक नेता समेत लागिपरेपछि असिफाको बलात्कार–हत्या घटना अझै संवेदनशील बनेको छ। भारतीय जनता पार्टीका तर्फबाट जम्मु कास्मिरका उद्योग मन्त्री र वनमन्त्रीले असिफा बानु बलात्कार–हत्यामा संलग्नलाई बचाउने र‍्‌‌‍‌‍‍‍‍‍‍यालीमा सहभागी भएपछि मुद्दा धार्मिक रुपमा पनि विभाजित भएको छ।

भारतीय जनता पार्टिको यो कदमपछि नागरिकहरुले यसको विरोध गरिरहेका छन्। असिफा बानुको हत्यापछि मानवअधिकारको विषयमा धेरै कुराहरु उठिरहेका छन्। सामाजिक सञ्जालमा पनि असिफा बानुको न्यायको लागि बलिवुड सेलिब्रेटीसहित धेरैले एेक्यवद्धता व्यक्त गरेका छन्।

असिफा बानुले ज्यान गुमाए पनि उसले न्याय पाउनुपर्नेमा बलिवुडका कलाकार, राजनीतिज्ञले सामाजिक सञ्जालमा असिफाको न्यायका पक्षमा विचार राखेका छन्।

अभिनेता रितेश देशमुखले भनेका छन्, ‘हामीसँग कि मुकदर्शक बन्ने कि त आवाज उठाउने विकल्प छन्, एक्लै भए पनि जुन सही हो त्यसको लागि उठौँ।’

यस्तै अभिनेत्री सोनम कपूरले पनि आफू लज्जास्पद रहेको बताएकी छिन्। ८ वर्षीय बालिकाको कटुवास्थित देवीको मन्दिरमा बलात्कार भएको छ। उनले न्याय पाउनुपर्ने उनले बताएकी छिन्।

यस्तै कवि जावेद अख्तरले भनेका छन्, ‘सानो बालिका को हो भनेर बलात्कारीलाई बचाउने प्रयास भइरहेको छ। अब बोल्ने पालो हाम्रो हो।’

यो पनि पढ्नुहोस्

च्यातिएको बैजनी घाँघर र रगतमा लत्तपतिएकी असिफा

च्यातिएको बैजनी घाँघर र रगतमा लत्तपतिएकी असिफा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?