लामो समयसम्म नवीकरण नगर्ने चार उद्योग खारेज

लामो समयसम्म नवीकरण नगर्ने चार उद्योग खारेज
+
-

लमजुङ-घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नवीकरण तथा सञ्चालन नगर्ने उद्योगलाई चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तोपलाल भुषालले उद्योग दर्ता गरेको धेरै समय तथा सञ्चालन समेत नगरेका उद्योगलाई खारेज गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएको छन्।

एकसय तीस उद्योग नवीकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६-२०७७ मा ११ वटा उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएको थियो भने २३७ वटा उद्योगको नवीकरण भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५-२०७६ मा ६ वटा उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा ४६८ वटा नयाँ उद्योग दर्ता भएको र २७० वटा उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४-२०७५ मा १० वटा उद्योग खारेज गरेको थियो।

२७६ वटा नयाँ उद्योग दर्ता र १६४ वटा उद्योग नवीकरण भएको कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७३-२०७४ मा आठ उद्योग खारेज भएको थियो । सो आर्थिक वर्षमा २०९ वटा नयाँ उद्योग दर्ता भएको र १७३ उद्योगको नवीकरण भएको थियो ।

त्यस्तै वाणिज्यतर्फ चालुआवको चार महिनाको अवधिमा १२ वटा वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएको र २१६ वटाको नीवकरण भएको छ।

अघिल्लो आवमा २५ वाणिज्य दर्ता खारेज भएको जनाइएको छ । यसैगरी ७६२ वटा नयाँ दर्ता र ३२० को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७५-२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ४१४ नयाँ वाणिज्य दर्ता र ४५८ को नवीकरण भएको थियो । आर्थिक वर्ष २०७४-२०७५ मा ३१ वाणिज्य दर्ता खारेज भएको थियो भने, २१० नयाँ दर्ता र २६४ को नवीरण भएको कार्यालयले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७३-२०७४ मा भने एक वटा वाणिज्य दर्ता पनि खारेज नभएको कार्यालय प्रमुख भुषालले जानकारी दिनुभयो । सो आर्थिक वर्षमा २२७ नयाँ वाणिज्य दर्ता र २८६ वटाको नवीकरण भएको थियो।

चालुआवको हालसम्म दर्ता खारेज भएका सबै उद्योग तथा वाणिज्य कोभिडले सञ्चालनमा समस्या आएकाले सञ्चालन गर्न नसकेको जनाइएको छ । सोही समस्याले नवीकरण गर्न नआएको उनीहरुको भनाई रहेको घरेलु कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?