शीर्ष बरियताको बेल्जियमसँग हारेको इंग्ल्याण्डको फाइनल सपना टुट्यो

शीर्ष बरियताको बेल्जियमसँग हारेको इंग्ल्याण्डको फाइनल सपना टुट्यो
+
-

इंग्ल्याण्ड नेशन्स लिगको फाइनल चरणका लागि छनौट हुन असफल भएको छ । समूह ए टू अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना सकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १० औँ मिनेटमा रामेलु लुकाकुको सहयोगमा युरी टिएल्मन्सले गोल गरे । यस्तै २३ औँ मिनेटमा ड्राइज मर्टेन्सले गोल गरेर पहिलो हाफमा नै २–० को अग्रता दिलाए र सोही अग्रता नै जित बन्यो ।

विश्व बरियतामा शीर्ष स्थानको बेल्जियमको जितसँगै पाँच खेलबाट १२ अंक भएको छ र उ समूहको शीर्ष स्थानमा छ । सात अंकसहित इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

सोही समूह अन्तर्गतको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २–१ ले पराजित गरेको छ । डेनमार्कका लागि दुवै गोल क्रिष्टियन एरिक्सनले पेनाल्टी मार्फत गरेका छन् ।

जित निकालेको डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ । आइसल्याण्डले अहिलेसम्म एक खेल पनि जित्न वा बराबरी गर्न सकेको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?