प्रदेश-१ मा ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए, ४ को मृत्यु

प्रदेश-१ मा ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए, ४ को मृत्यु
+
-

मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ५६ जना नयाँ संक्रमित थप भएका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार मंगलबार १ सय ७६ जनाको पिसिआर परिक्षण गरिएकोमा २० महिला र ३६ पुरुषमा संक्रमण पुष्टि भएको हो।

यसक्रममा मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेकाछन् । प्रदेश राजधानी विराटनगरमा १९, उर्लाबारी नगरपालिकामा ८ र मिक्लाजुङ गाँउपालिकामा ४ जनामा संक्रमण देखिएको छ।

झापाको दमक नगरपालिकामा १०, गौरादह नगरपालिकामा ५, गौरीगञ्ज र मेचीनगर नगरपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा २, देवानगञ्ज गाँउपालिका र इनरुवा नगरपालिकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। त्यसैगरि, पहाडी क्षेत्र इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

अर्कोतर्फ प्रदेशमा मंगलबार ७ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न स्थानका होम आईसोलेसनबाट ७ सय ३४ र बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालबाट ६ जना डिस्चार्ज भएका हुन्। यससंगै हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ।

प्रदेशमा मंगलबार ४ जना महिला संक्रमितको मृत्यु भएको छ । मोरंगमा १ महिला, सुनसरीमा २ महिला र तेह्रथुममा १ महिलाको संक्रमितको मृत्यु भएको हो।

यससंगै प्रदेशमा हालसम्म २ सय ९३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। जसमा ९२ जना महिला र २ सय १ जना पुरुष रहेकाछन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष