विश्व विजेता फ्रान्सको शानदार जित, रेलिगेशनमा पर्‍यो स्वीडेन

विश्व विजेता फ्रान्सको शानदार जित, रेलिगेशनमा पर्‍यो स्वीडेन
+
-

युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । विश्व विजेता फ्रान्सले घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई ४–२ ले पराजित गरेको हो ।

फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल गरे पनि हार टार्न सेकनन् ।

चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल गरी स्वीडेनलाई अग्रता दिलाए । १६ औँ मिनेटमा जिरउडले फ्रान्सका लागि बराबरी गोल फर्काए ।

३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लियो । जिरउडले ५९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । जिरउडले फ्रान्सका लागि अहिलेसम्म ४४ गोल गरेका छन् ।

८८ औँ मिनेटमा क्वाइसनले स्वीडेनका लागि अर्को गोल थपे । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी भयो ।

विजयी भएको फ्रान्स समूह ए थ्रीको शीर्ष स्थानमा छ भने स्वीडेन रेलिगेशनमा परेको छ । फ्रान्स भने यसअघि नै आउँदो वर्ष हुने नेशन्स लिगको फाइनल चरणका लागि छनौट भएको थियो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष