जर्मनीलाई ६–० ले स्तब्ध पारेर स्पेन पुग्यो फाइनलमा

जर्मनीलाई ६–० ले स्तब्ध पारेर स्पेन पुग्यो फाइनलमा
+
-

जर्मनीमाथि शानदार जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा स्थान बनाउन सफल भएको छ ।

मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

स्पेनका लागि फेरान टोरेसले खेल जीवनकै पहिलो ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै अल्भारो मोराटाले १७ औँ, रोड्रीले ३८ औँ तथा मिकेल ओयार्जाबाले ७१ औँ मिनेटमा गोल गरेपछि स्पेन ६–० ले विजयी भएको हो ।

जितपछि समूहको शीर्ष स्थानमा पुगेको स्पेन जर्मनीको सपना टुटाएर फाइनल्समा पुग्न सफल भएको हो ।

नेशन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा लात्भियाले एन्डोरालाई ५–० तथा मोन्टेनेग्रोले साइप्रसलाई ४–० ले पराजित गरेका छन् ।

यस्तै माल्टा र फारोइ आइल्याण्ड तथा जिब्रालटार र लिचेस्टाइनले १–१ र लग्जेम्बर्ग तथा अजरबैजानले गोल रहित बराबरी खेलेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष