विश्वकप छनौटमा ब्राजिलद्वारा उरुग्वे २–० ले पराजित

विश्वकप छनौटमा ब्राजिलद्वारा उरुग्वे २–० ले पराजित
+
-

विश्वकप फुटबलको छनौट अन्तर्गत नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भएको छ।

विश्वकप २०२२ का लागि दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा ब्राजिलले उरुग्वेलाई २–० ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा ७१ औँ मिनेटमा रातो कार्ड पाएर एडिन्सन काभानी बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सीमित भयो ।

पहिलो हाफमै गरेका दुई गोल ब्राजिलको जितमा निर्णायक बने । उसका लागि ३४ औँ मिनेटमा आर्थर मेलो र ४५ औँ मिनेटमा रिचार्लिसनले गोल गरेका हुन् । छनौट चरणमा अहिलेसम्म सबै चार खेल जितेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

बुधबार बिहान भएको अर्को खेलमा पेरुलाई २–० ले पराजित गरेको अर्जेन्टिना १० अंकसहित दोस्रो स्थानमा छ । अवे मैदानमा भएको खेलमा अर्जेन्टिनाका लागि १७ औँ मिनेटमा निकोलास गोन्जालेज र २८ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरेका हुन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष