
काठमाडौँ- ट्रान्सजेण्डर महिला निकिशा श्रेष्ठमाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरि कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले व्यापक गुनासो आएकाले आवश्यक अनुसन्धान गरि कारवाही गर्न निर्देशन दिएको बताए। ‘आज हामीले ब्युरोलाई पत्राचार गरेका छौँ। अब घटनामा संलग्नमाथी कारबाहीको प्रकृया अगाडि बढ्छ’, एसएसपी कडायतले भने।
सडकमा हिँडिरहेकी ट्रान्सजेण्डर महिला श्रेष्ठलाई जिस्काइरहेको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि प्रहरीलाई कारवाही गर्न दबाब बढेको थियो।
@NepalPoliceHQ Please arrest these harassers. Heartbreaking and infuriating to watch. Nikisha deserves to live a life of dignity. This is too much. pic.twitter.com/AUdtCUcXbc
— Samriddhi Rai (@samriddhirai13) November 17, 2020