
जनकपुरधाम-सिरहामा १७ लाख भन्दा बढीको कपडा सहित एकजना पक्राउ परेका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ३ स्थित ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटेको प्रहरी टोलीले १७ लाख २६ हजार १ सय ७४ रुपैयाको कपडा र पिकअप सहित चालकलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
कर्जन्हा स्थित चेक प्वाईन्ट अगाडी पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेकोको पिकअप गाडी रोकी चेक जाँच गर्दा गाडीमा रहेको सुति साडी, कढाई साडी, वायल कपडा समेतका कपडा बरामद गरेको प्रवक्ता शालिग्रामले जानकारी दिए।
उनले भने, ‘पिकअपमा १७ लाख भन्दा बढीको ३५ थान लत्ताकपडाको पोका र सोको स्वस्तिका टे्डर्स एण्ड सप्लायर्स बिराटनगर–१४ को बिल पुर्जी ६ थान र राजस्वअनुसन्धान बिभागको अनलाईन बिल पुर्जी थियो । बिल पुर्जीहरु शंकास्पद रहेकोले उक्त पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरीक राजश्व कार्यालय पथलैया बारा पठाएका छौँ ।’
कपडा र पिकअप सहित पिकअप चालक सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं. ४ का २१ वर्षीय सुर्यलाल उराउलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारा पठाएको सिरहा प्रहरीले जनाएको छ।