प्रदेश-१ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

प्रदेश-१ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज
+
-

मोरङ-प्रदेश-१ मा कोरोना भाइरस कोभिड १९ का ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार गरिएको १ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण मध्ये १ सय ४६ महिला र २ सय ९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

यसक्रममा मोरंगमा २ सय २३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार प्रदेश राजधानी विराटनगरमहानगरपालिकामा १ सय २४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन्।

मोरंगको सुन्दरहरैचा नगरपालिकामा ३२, उर्लाबारी नगरपालिकामा ९, बुढीगंगा गाँउपालिका र बेलबारी नगरपालिकामा समान ८, कटहरी र मिक्लाजुङ गाँउपालिकामा समान ६, धनपालथान गाँउपालिकासंगै रंगेली, रतुवामाई, र पथरीशनिश्चरे नगरपालिकामा समान ५, लेटाङ नगरपालिकामा ४, सुनबर्षी नगरपालिकामा ३, ग्रामथान गाँउपालिकामा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ४३, रामधुनी नगरपालिकामा ११, धरान उपमहानगरपालिकासंगै बराहक्षेत्र र इनरुवा नगरपालिकामा समान ६, दुहवी नगरपालिकामा ३, गढी, देवानगञ्ज र बर्जु गाँउपालिकामा समान २, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।

झापाको दमक नगरपालिकामा १६, विर्तामोड नगरपालिकामा १२, भद्रपुर नगरपालिकामा १०, अर्जुनधारा नगरपालिकामा ६, गौरादह नगरपालिकामा ५, मेचीनगर नगरपालिका र झापा गाउँपालिकामा समान ३, शिवसताक्षी, कनकाई नगरपालिकासंगै हल्दिबारी, बुद्धशान्ति र कमल गाउँपालिकामा समान २, गौरीगञ्ज नगरपालिकामा १, इलामको इलाम नगरपालिकामा ७, सुर्योदय नगरपालिकामा ३ जना संक्रमित थपिएका छन्।

रोङ गाँउपालिका र फाकफोकथुम गाँउपालिकामा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकामा समान ५ र उदयपुरगढी गाँउपालिकामा १, संखुवासभाको मकालु गाँउपालिकामा ३, पाँचखपन र खाँदबारी नगरपालिकामा समान १, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा समान १, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिकामा समान १, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभनज्याङ र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ५ सय १६ पुगेको छ। अर्कोतर्फ, प्रदेशमा बुधबार ३ सय ६३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

प्रदेशका विभिन्न स्थानका होमआइशोलेसनबाट ३ सय ५४, झापास्थित मेची अस्पतालबाट ६ र विराटनगरको होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २ सय ३१ पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष