
देश सञ्चार
मंसिर ४, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- विश्व रग्बी महासंघले नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता दिएको छ।
रग्बी महासंघको बुधबार बसेको बैठकले एसोसिएट सदस्यता प्रदान गर्ने निर्णय गरेको नेपाल रग्बी संघले जनाएको छ। नेपालले सन् २०१८ मा एसियाली रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो।

