मंसीर ६ गते नेपालगञ्ज म्याराथनका लागि नेपालका टप धावक आउँदै

मंसीर ६ गते नेपालगञ्ज म्याराथनका लागि नेपालका टप धावक आउँदै
+
-

नेपालगञ्ज – मंसीर ६ गते नेपालगञ्जमा हुने छैठौ धारा नेपालगञ्ज म्याराथनमा नेपालका टप धावकहरुको सहभागिता हुने भएको छ।

टोकियो ओलम्पिकको छनौटसमेत भएकाले नेपालका टप धावकहरुको सहभागिता हुने भएको एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिए।

आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर १३ औं दक्षिण एशियाली खेलकुद ९साग० का स्वर्णपदक विजेता किरणसिंह बोगटी, सागकै स्वर्ण पदक विजेता गोपी पार्की, नेपालगञ्ज म्याराथनका पहिलो संस्करण विजेता होमलाल श्रेष्ठ, दोस्रो विजेता कृष्ण बस्नेत, गतवर्षका विजेता नवराज साउद र गतवर्ष सेकेन्ड भएका खगेन्द्र भाटको सहभागिता हुने जानकारी दिएको छ।

हाफ म्याराथनतर्फ १३ औं सागमा सिल्भर मेडल विजेता पुष्पा भण्डारीसहितका खेलाडीको सहभागिता हुने जानकारी दिइएको छ।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले विभागीयसँगै इलामदेखि महेन्द्रनगरसम्मका नेपालका टप धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागिता हुने बताए।

पत्रकार सम्मेलनमा नेपालगञ्जका मेयर डा। धवलशमशेर राणाले टोकियो जाने बाटो खुल्ला हुने भएकाले यसपालीको नेपालगञ्ज म्याराथनको छुट्टै महत्व रहेको बताए ।

यसपाली पुरस्कार राशी समेत बढाइएको छ । यो वर्षको म्याराथन विजेताले ७५ हजार पाउनेछन् । हाफ म्याराथन विजेताले ३० हजार पाउनेछन्।

बिहीबारको पत्रकार सम्मेलनमा आयोजकले खेलाडीले लगाउने टीसर्ट सार्वजनिक गरेका थिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष