
कास्की-पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले राससलाई जानकारी दिए। तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएको थियो।
पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बस्नुभएकी गुरुङले भने, ‘छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु।’