घरमै छठ पूजा (तस्बिरहरू)

घरमै छठ पूजा (तस्बिरहरू)
+
-

झापा- बिर्तामोड नगरपालिका ४ का शम्भु पटेल आफ्ना तीन दाजुभाइका परिवारका लागि छठ पूजा गर्ने स्थानको तयारी गरिरहेका थिए।

कोरोना भाइरसको महामारीका कारण उनको परिवारले नदी घाटमा गएर छठ पूजा गर्न रुचाएन। त्यस्मा पनि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा अप्नाएर पूजा गर्न आग्रह गरेपछि शम्भुको परिवारले आफ्नै घरको आँगन रोज्यो।

आँगनमा मण्डप सिँगारिएको छ। ठिक अघिल्तिर कुण्ड पनि बनाइएको छ।

बिर्तामोड ४ कै रीता भर्वे पनि उनकै कोठामा पूजा सामाग्री तयार गरिरहेकी थिइन्। उनले घरमै छठ पूजा गर्दा त्यति रमाइलो नभए पनि परिस्थिति अनुसार चित्त बुझाउनु परेको बताइन्।

रीताले भनिन्, ‘पूजाका लागि मन सफा हुनुपर्छ। अब चित्त बुझाउनु पर्छ। सफा मनले पूजा गर्नुपर्छ।’

यस अघि तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्थ्यो।

यो वर्ष भने छठ सुरु भइसके पनि झापाका अधिकांश घाटहरु सुनसान छन्। कोरोना संक्रमणको जोखिम रहेकाले श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन्।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व मनाउन अनुरोध गरेको कारण ब्रतालु घर-आँगनमै छट पूजा मनाइरहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष