
काठमाडौं – काठमाडौंको सतुङ्गलमा आइतबार बिहानै जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
बिहान ४ बजे चन्द्रागिरी नगरपालिका–१ मा जिपको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
थानकोटबाट कलंकीका लागि छुटेको बा १७ च ९३३० नम्बरको जिपले ठक्कर दिँदा बा ८० प ९२२३ नम्बरको मोटरसाइकलका चालक धादिङको गल्छी–४ का ४२ वर्षे सोमबहादुर तामाङ्गको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा सतुङ्गलको ओम समाज अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले पक्रेको छ ।