
बुटवल-बाघको छालासहित चारजनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ।
बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा बुटवल ७ का ३० वर्षिय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका वडा नं ४ का २२ वर्षीय विमल मगर, २४ वर्षिय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाईको एकथान बाघको छाला बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक नविन चुँदालीले जानकारी दिए ।