बैतडीमा गाई हत्याको आशंकामा एकजना पक्राउ

बैतडीमा गाई हत्याको आशंकामा एकजना पक्राउ
+
-

धनगढी-बैतडीमा मृत अवस्थामा फेला परेका गाई हत्याको आशंकामा एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बैतडीकै पुर्चौडी नगरपालिका–५ कुवाकोटका २४ वर्षीय लक्ष्मण पार्की पक्राउ परेका छन्।

पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याउन लागेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए।

शुक्रबार पुर्चौडी नगरपालिका वडा नम्बर ६ को सिगास सामुदायिक वन क्षेत्र अन्तरगतको भेरीखोला मुहानमा १४ वटा गाई मृत अवस्थामा भेटिएका थिए।

स्थानीयले केही व्यक्तिले ‘गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर ती गाईलाई नियोजित रुपमा भीरबाट खसालेको’आशंका गरेका थिए।

पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले नै टिप्परबाट गाई खोलामा खसालेको उनीहरुको आशंका छ।

पुर्चौडी नगरपालिकाको कुवाकोटका सुरेश पार्की र लक्ष्मण पार्कीले नगरपालिकासँग सम्झौता गरेर ३४ वटा गाई लिएका थिए।

उनीहरुलाई नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिएका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष