
विश्व नम्बर एक नोभाक जोकोविच एटिपी फाइनल्सको अन्तिम चारमा प्रवेश गरेका छन्। एलेक्सान्डर स्वेरेभलाई पराजित गरेर सर्बियन जोकोविचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
लण्डनमा भएको राउण्ड रोबिनको अन्तिम खेलमा जर्मन स्वेरेभलाई जोकोविचले ६–३ र ७–६ (७–४) को सोझो सेटमा पराजित गरेका हुन् । जोकोविचले फाइनलमा स्थान बनाउनका लागि शनिबार डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन् ।
युएस ओपन विजेता थिएम लण्डन २०२० समूहको विजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् भने जोकोविच टोकियो १९७० समूहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् ।
अर्को सेमिफाइनलमा डानिल मेडभेडेभले राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् ।