नेपालगञ्ज म्याराथन सुरु

नेपालगञ्ज म्याराथन सुरु
+
-

नेपालगञ्ज – छैठौँ धारा नेपालगञ्ज म्याराथन सुरु भएको छ । नेपालका शीर्ष धावकहरु नेपालगञ्ज म्याराथनको उपाधी जितेर टोकियो ओलम्पिकमा जान प्रतिस्पर्धामा उत्रिएका छन् ।

म्याराथनको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपालगञ्जको मेयर डा. धवलशमशेर राणालगायतले उद्घान गरेपछि धावकहरु दौड्न सुरु गरेका छन् ।

१३ औँ सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की, नेपालगञ्ज म्याराथनको पहिलो संस्करण विजेता होमलाल श्रेष्ठ, दोस्रो विजेता कृष्ण बस्नेत, गत वर्षका विजेता नवराज साउद र गतवर्ष दोस्रो भएका खगेन्द्र भाटसहितका धावक सहभागी छन् ।

नेपालगञ्ज म्याराथन विजेताले टोकियो ओलम्पिकमा भाग लिन पाउने छन् । त्यसका साथै प्रथम हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् । यसपाली रेकर्ड ब्रेक गर्नेलाई २५ हजार तत्काल दिने घोषणा गरिएको छ । टोकियो ओलम्पिकमा रेकर्ड ब्रेक गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा भइसकेको छ ।

हाफ म्याराथनमा १३ औँ सागमा सिल्भर मेडल विजेता पुष्पा भण्डारीसहितका धावक दौडिएका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष