‘विप्लव’ का सेक्सन कमाण्डर अमेरिकी पेस्तोलसहित पक्राउ

‘विप्लव’ का सेक्सन कमाण्डर अमेरिकी पेस्तोलसहित पक्राउ
+
-

विराटनगर – मोरङ प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका एक सैन्य लडाकुलाई हतियारसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिकाबाट प्रहरीले सैन्य लडाकुलाई पेस्तोलसहित पेम्बा शेर्पालाई शनिबार राति पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार शनिबार राति ७ बजे उर्लाबारी ६ तरुण चौकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, पार्टीको पम्पलेटसहित पक्राउ गरिएको हो।

३२ वर्षीय शेर्पाको स्थायी घर ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ रहेको प्रहरीले जनाएको छ।

शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको प्रहरी उपरीक्षक खड्काले बताए।

उनको साथबाट बरामद भएको पेस्तोल अमेरिकामा बनेको बताइएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधि सञ्चालन गरिरहेको प्रहरीको बुझाइ छ ।

हाल शेर्पाविरुद्ध हातहतियार खरखजाना ऐन अन्र्तगत मुद्दा चलाउन म्याद थप गर्ने प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष