
विराटनगर – भारतबाट तस्करले भित्र्याएको सामान नियन्त्रणमा लिने क्रममा विराटनगरमा प्रहरीले हवाई फायर गरेको छ ।
विराटनगर महानगरपालिका–१७ मटेरुवामा आइतबार बिहान तस्करीको समान नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गर्नुपरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए।
खड्काका अनुसार बिहान करिब ४ बजे सीमा नजिकको मटेरुवामा भारतको जोगबनीबाट भित्र्याइएको समान नियन्त्रणका क्रममा हवाई फायर गर्नुपरेको हो । एक महिलालाई पनि नियन्त्रणमा लिइएको उनले बताए ।
प्रहरीले एक बोरा बेल्टसहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको हो। प्रहरीले रोक्न खोज्दा तस्कर समूहका १० जनाजतिले अवरोध गरेकाले हवाई फायर गर्नुपरेको उनको भनाई छ। त्यसक्रममा एक प्रहरीको हातमा चोट समेत लागेको छ ।