मिथिलाञ्चल मनाउँदै छ आज जुडशीतल

मिथिलाञ्चल मनाउँदै छ आज जुडशीतल
+
-

जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आइतबार हिलो खेली र बासी बरीभात खाएर जुडशीतल पर्व मनाइँदैछ।

वैशाख २ गते मनाइने जुडशीतलमा एकअर्कालाई शीलत (पानी) ले जुडाउने र हिलो खेल्ने परम्परा छ। होली पर्वमा रंग अविरको महत्वझैँ जुडशीतलमा हिलोको महत्व छ।

आजको दिन बिहानै बोटविरुवा, सडक र खेतमा पानी हाल्नुका साथै दिउँसो पोखरी तथा नदीमा पुगी हिलो खेल्ने परम्परा छ। मिथिलामा लोकपर्वको रुपमा रहेको जुडशीतल विस्तारै लोपोन्मुख हुँदै गए पनि ग्रामीण भेगमा अझै यसको महत्व कम भएको छैन।

जुडशीतलको दिन शरीरमा माटो र हिलो लगाउनाले छाला सम्बन्धी रोग नलाग्ने अवधारणा छ भने यसले गर्मीयाममा शीतलता प्राप्त भइरहने जनविशवास छ।

गर्मी याममा दादुरा, कुष्ठरोग, छाला डढ्ने जस्ता समस्या हुने गरेकोले जुडशीतलका दिन शरिरमा माटो लगाइयो भने यस्तो रोगहरुबाट बच्न सक्ने स्थानीय शिव मण्डल बताउँछन्।

जनकपुर सिनुरजोडाका दुखरन यादव भन्छन्, ‘जुडशीतल बरीभात खाएर मनाएँ तर हिलोपानी भने खेलिनँ, हिलो खेल्दा जिउभरि माटो लाग्छ, झग्डा पनि हुन्छ।’

आइतबार बिहानै मिथिलाञ्चलका बासिन्दाहरुले आआफ्नो जेष्ठ तथा अग्रजको हातबाट टाउकोमा बासी पानी छम्केका छन् भने कतिजनाले मठमन्दिर पुगेर पुजारीको हातबाट समेत टाउकोमा पानी छर्काएका छन्।

जनकपुरमा जुडशीतल विशेष

मिथिलाको प्रमुख लोक पर्वको रुपमा रहेका जुडशीतलको अवसरमा आइतबार जनकपुरमा शुभकामना अदानप्रदान कार्यक्रम समेत गरिएको छ। प्रदेशसभा सांसद रामआशीष यादव, मानवअधिकारकर्मी विजय दत्त, सामाजिक अभियन्ता सुमित कर्णसहितका व्यक्तिहरुको उपस्थितिमा जुडशीतल विशेष कार्यक्रम गरिएको छ।

विस्तारै हराउँदै गरेको उक्त पर्वलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा उपस्थित व्यक्तिहरुले एकअर्कालाई माटो (हिलो) लगाएर जुडशीतल मनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?