बन्द भए चाडपर्व लक्षित सुपथ मूल्य पसल

बन्द भए चाडपर्व लक्षित सुपथ मूल्य पसल
+
-

काठमाडौँ– चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ।

कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो। स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रीत नगरी अन्य समयमा पनि सञ्चालन गरिनु पर्ने माग गरेका छन्।

कैलालीको धनगढी र अत्तरियामा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका हुन्। पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भिड लागेको थियो।

असोज १५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको साल्ट ट्रेडिङ कर्पाेरेशन धनगढी शाखाले जनाएको छ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन्। शनिबारदेखि सुपथ मूल्य पसल बन्द हुने भएपछि स्थानीयहरु सामान खरिद गर्नका लागि लामो लाइनमा बसेका देखिन्थे। अन्य पसलमा भन्दा सस्तोमा खाद्य वस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर सधैका लागि सञ्चालन गरिनुपर्ने माग उनीहरुको छ।

यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो। सुपथ मूल्य पसललाई अब भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजना अनुसार काम भइराखेको साल्ट ट्रेडिङ कर्पाेरेशनले बताएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष