प्रदेश-१ मा २१४ थपिए, ३११ डिस्चार्ज, ११ जना संक्रमितको मृत्यु

प्रदेश-१ मा २१४ थपिए, ३११ डिस्चार्ज, ११ जना संक्रमितको मृत्यु
+
-

मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का २ सय १४ जना नयाँ संक्रमित थप भएका छन् ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार गरिएको ८ सय ७ जनाको पिसिआर परिक्षण मध्ये ७८ महिला र १ सय ३६ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

यसक्रममा मोरंगमा ७३, सुनसरीमा ५३, झापा ५०, इलाम ६, संखुवासभा ५, खोटांग ३, उदयपुर २, धनकुटा र पाँचथरमा समान १ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरि, मन्त्रालयले प्रदेश १ बाहिरका १९ जनामा समेत संक्रमण देखिएको जनाएको छ।

यसक्रममा इटहरी उपमहानगरपालिका ३८ र विराटनगर महानगरपालिकामा ३४ जनामा संक्रमण देखिएको छ। प्रदेश राजधानी विराटनगमा १३ महिला र २१ पुरुष गरि कुल ३४ जनामा संक्रमण पुष्टि भएको हो।

मोरंगको सुन्दरहरैचा नगरपालिकामा १३, रंगेली नगरपालिका ६, पथरीशनिश्चरे नगरपालिका ५, सुनवर्षी नगरपालिका, मिक्लाजुंग गाँउपालिकामा समान ३, बुढीगंगा गाँउपालिका र उर्लाबारी नगरपालिकामा समान २, धनपालथान, कानेपोखरी गाँउपालिकासंगै रतुवामाई, लेटांग, बेलबारी नगरपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ३६, धरान उपमहानगरपालिका ६, बराहक्षेत्र नगरपालिका ४, भोक्राह नरसिंह, देवानगञ्ज गाँउपालिकासंगै दुहबी, रामधुनी, इनरुवा नगरपालिकामा समान १ जना र ठाँउ नखुलेको २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, झापाको दमक नगरपालिकामा १२, भद्रपुर नगरपालिका ८, कमल गाँउपालिका ७, अर्जुनधारा र शिवसताक्षी नगरपालिकामा समान ५, विर्तामोड र मेचीनगर नगरपालिकामा समान ४, कनकाई र गौरादह नगरपालिकामा समान २, गौरीगञ्ज नगरपालिमा १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी क्षेत्रतर्फ इलाममा ६, संखुवासभाको खाँदबारी नगरपालिका ५, खोटांगको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहांग र साकेला गाँउपालिकामा समान १, धनकुटा, पाँचथरको फिदिम नगरपालिका १, उदयपुरको चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाँउपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार प्रदेश बाहिरबाट ७ महिला र १२ पुरुष गरि १९ जनामा संक्रमण देखिएको छ । यससंगै हालसम्म प्रदेशमा २५ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ।

अर्कोतर्फ आइतबार १ सय २१ महिला र १ सय ९० पुरुष गरि कुल ३ सय ११ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मोरंगमा ४० महिला र ७९ पुरुष गरि कुल १ सय १९ निको भएकाछन् ।

झापामा १ सय २, सुनसरी ५२, धनकुटा १६, उदयपुर ४, संखुवासभा र इलाममा समान २, तेह्रथुममा १ जना निको भएका हुन्। त्यसैगरि मन्त्रालयले अन्य स्थानमा १३ जना निको भएको जनाएको छ।

त्यसैगरि, गएको २४ घण्टामा २ महिला र ९ पुरुष गरि ११ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष