
पाल्पा-मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ।
शनिबार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो।
कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आज बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए।
कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाइएको छ।