जग्गा किर्ते गरेर हडपेको अभियोग लागेका नेकपाका नेता गगन पुरी पक्राउ

जग्गा किर्ते गरेर हडपेको अभियोग लागेका नेकपाका नेता गगन पुरी पक्राउ
+
-

झापा– झापाको दमक नगरपालिकाको बालुवाटार जग्गा काण्डका मुख्य आरोपित व्यक्ति गगन पुरीलाई सम्पति शुद्धिकरण विभागले मंगलबार नियन्त्रणमा लिएको छ।

विभागले पुरीलाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको छ।

धेरै दिनपछि पुरी विभागमा आफैं हाजिर हुन पुगेपछि उनलाई विभागका अधिकारीहरुले विशेष अदालतमा पुर्‍याएका थिए।

विशेष अदालतले उनलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

पुरी मंगलबार बिहान झापाबाट काठमाडौं गएका थिए।

नेपाल प्रहरीको सिआईबीले सो जग्गा घोटाला छानबिन गरेको हो। सिआईबीको अहिलेसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार छानविन बालुवाटार घोटाला काण्ड भएको बताइएको छ।

दमक ८ को जग्गा झापाका नेकपाका प्रभावशाली नेता गगन पुरीको समूहले किर्ते गरेको आरोप छ।

रतुवा नदीबाट पश्चिम र दिपेनी खोलाबाट उत्तरमा रहेको सो ठाउँको जग्गा कठ्ठाको ५० लाखभन्दा धेरै पर्छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार करिब ५० बिगा जग्गा घोटाला भएको छ।

५० बिगाको करिब ५ अर्ब रुपैयाँ हुन आउँछ। सोही जग्गा किर्ते गरेर हत्याएको पुरीमाथि आरोप लागेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष