
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ९० प्रतिशतसम्म हुने तेस्रो चरणको अनुसन्धानले देखाएको खबर सार्वजनिक भएसँगैको खोपको मार्गमा थप आशा पलाएको छ ।
फाइजर र मोदेर्नाको खोपको प्रभावकारिता राम्रो रहेको खबरपछि एस्ट्राजेनेकाको खोपको पनि राम्रो प्रभावकारिता देखिएको हो ।
तर यो खोपको प्रभावकारिता ६२ देखि ९० प्रतिशतसम्म हुने देखिएको छ । कम्पनीका अनुसार खोपको औषत प्रभावकारिता ७० प्रतिशत रहेको छ ।
दुई फरक डोजका कारण प्रभावकारिता फरक भएको हो ।
एस्ट्राजेनेका खोपको आधा डोज लिएर एक महिनापछि पूर्ण डोज दिइएका व्यक्तिमा ९० प्रतिशत देखिएको छ । खोपको दुई पूर्ण जोड एक महिनाको फरक दिइएका व्यक्तिमा प्रभावकारिता ६२ प्रतिशत देखिएको हो ।
खोपको कुनै पनि साइड इफेक्ट नदेखिएको कम्पनीले जनाएको छ ।
खोपको परीक्षण गर्दा दिइएको डोजको मात्रा अनुसार प्रभावकारितामा भिन्नता देखिएको विज्ञले बताएका छन् ।