
पर्सा-खेतको आली काटेको बिषयलाइ लिएर बिबाद हुदा रौतहटमा चिरान काठले टाउँकोमा प्रहार गरी एक जनाको हत्या भएको छ।
रौतहट गरुडा नगरपालिका ७ भिमडावर बस्ने फतिङगा ठाकुरको टाउँकोमा काठले हानेर हत्या भएको हो।
गत सोमबार मृतक फतिङगा ठाकुरको छोरा रामसहाय ठाकुरले सोही ठाउँका ध्यानी ठाकुर लोहारको खेतको आली काटेका थिए।
सोही बिषयलाई लिएर बुधबार बिहान सवा १० बजे ध्यानी र फतिङगा विच विवाद भई झगडा भएको थियो।
झगदा हुदा ध्यानी ठाकुर, नागेन्द्र ठाकुर,ज्ञानी ठाकुरले सवा ६ फिटको चिरान काठले फतिङगा ठाकुरको टाउँकोमा प्रहार गर्दा उनी गम्भिर घाईते भएका थिए।
गम्भिर घाईते भएका उनको उपचारको लागि गरुडा सिटी अस्पतालमा पु¥याउँदा बिहान ११ बजेर २५ मिनेटमा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।
घटना भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले काठ प्रहार गर्ने ध्यानी ठाकुरलाई भिमडावरस्थित परालको भुस भित्र लुकेको अवस्थामा पक्राउ गरेको रौतहटका प्रहरी प्रबक्ता भरत श्रेष्ठले जानकारी दिए।
घटनामा संलगन अन्य दुई जना भने फरार रहेको तथा उनीहरुको खोजी भइरहेको श्रेष्ठले बताए ।मृतकको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।