सिरहामा मुस्लिम धर्मगुरु बलात्कारको आरोपमा पक्राउ

सिरहामा मुस्लिम धर्मगुरु बलात्कारको आरोपमा पक्राउ
+
-

जनकपुरधाम-झारफुकको नाममा बलात्कार गरेको आरोपमा सिरहामा मुस्लिम धर्मगुरु पक्राउ परेका छन्।

सिरहाको लहानबाट मुस्लिम धर्मगुरु मौलवी(हजरत)लाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नं. १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको उनले बताए।

मौलवी लहानमा डेरा गरी बस्दै आएका थिए । जर्वजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

मंगलबार साँझ लहान नगरपालिका वडा नं. ७ की २३ वर्षीया मुस्लिम युवती समान्य विरामी परेपछि आफ्नो जातिय धर्मगुरुसँग झारफुक गराउन मौलवीका डेरामा पुगेकी थिइन्।

मौलवीले झारफुकको नाममा बलात्कार गरेका भन्दै आफ्नो परिवारजनलाई भनेपछि घटना प्रहरीमा पुगेको हो ।

प्रहरीले मौलवीलाई लहान नगरपालिका वडा नं. १० बाट मंगलबार राति नै नियन्त्रणमा लिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष