पार्टीभित्र गैरराजनीतिक बहस गर्न कसैलाई छुट छैन: पौडेल

पार्टीभित्र गैरराजनीतिक बहस गर्न कसैलाई छुट छैन: पौडेल
+
-

बुटवल–नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै महासचिव पौडेलले एकअर्काबीच खुइल्याउने गरी गैरराजनीतिक बहस गर्न कसैलाई छुट नभएको बताएका हुन् ।

बुटवल उपमहानगरका लागि पाल्पाको झुम्सा खानेपानी योजनाको शिलन्यास गर्दै पौडेलले जनताले स्थिरता चाहेको बेला गैरराजनीतिक कुरा उचालेर संकट पैदा गर्नु चिन्ताजनक भएको बताए ।
उनले नेकपामा बिग्रह भए नेकपा नरहने र त्यसले सिंगो मुलुकलाई नै हानी पुग्ने जिकिर गरे ।

पार्टीभित्रको अन्तरविरोधको समाधानले देशको विकास, समृद्धि र समाजवादको बाटो समय तय गर्ने बताउँदै उनले सरकार ढल्ने आशंका नगर्न सबैलाई आग्रह गरे ।
पौडेलले बुटवलको खानेपानीसँग तिनाउको विकास साट्ने विषय नभएको जिकिर गर्दै तिनाउलाई आफ्नै ढंगले विकास गर्ने वाचा गरे।

उनले खानेपानी आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता पनि जनाए । अर्थमन्त्री पौडेलले सुरुङमार्गको पूर्वाधारका लागि सबै काम पुरा भएको जनाउँदै अब टेण्डरप्रक्रियामा जान लागेको जनाए ।

उनले सुरुङमार्ग निर्माण र सडकको स्तरोन्नती गरी बुटवल–तानसेनलाई आधा घण्टाको दूरीमा खुम्चाउने दाबी समेत गरे ।

खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो।
संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्साखोलामा बाँध तथा इन्टेक निर्माण गरी पानी प्रशोधन गरेर उपमहानगरपालिकाका सबै वडामा खानेपानी सेवा विस्तार गर्न लागेको छ ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले बुटवलको आगामी १५ वर्षपछिको मागलाई ध्यानमा राखेर झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करीब तीन लाख जनसङ्ख्या लाभान्वित हुने गरी दैनिक करीब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको बताए।

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले पहिलो चरणमा झुम्साखोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो आयोजनाको कामअन्तर्गत बुटवल–३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने जानकारी दिए। सो आयोजनाको कूल लागत रु छ अर्ब ३५ करोड ३५ लाख छ।

उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले सो आयोजना शुरु गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?