हुम्लामा विप्लव माओवादीका गतिबिधि बढ्ने आशंकामा प्रहरीले सुरक्षा गस्ती बढायो

हुम्लामा विप्लव माओवादीका गतिबिधि बढ्ने आशंकामा प्रहरीले सुरक्षा गस्ती बढायो
+
-

सिमकोट-शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा सम्युक्त सुरक्षा गस्ती बढाएको छ।

गत आइतवार कृषि बिकास कार्यालयको मुख्य गेटमै दुई वटा बम भेटिएपछि विप्लव माओबादीका गतिबिधि बढ्न सक्ने आशंका गर्दै प्रहरीले सुरक्षा गस्ती बढाएको हो।

प्रहरी नायव उपरिक्षक सुर्य सुबेदीले प्रहरीको सम्युक्त सुरक्षा गस्ती एक चरणमा जिल्ला कै मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकासम्म पुगेर सदरमुकाम सिमकोट पुगे लगत्तै बुधवार अर्को टोली गस्तीमै निस्केको बताएका छन्।

सदरमकाम सिमकोट मै बम पड्किन थालेपछि सुरक्षा गस्ती बढाउनुको अन्य विकल्प नभएको बताउदै उहाँले पछिल्लो गस्ती टोली जिल्ला भरि नै पुग्ने र केही सफलता हात पार्ने बताए । बम कस्ले राखेको हो भन्ने एकिन नभएपनि प्रहरीलाई विप्लव माओवादीले राखेको आशंका गरेको छ।

प्रहरीले दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली, सर्केगार्ड र चंखेली गाउँपालिकामा विप्लव माओवादीको गतिबिधि बढ्न सक्ने सूचना प्राप्त भएको आधारमा गस्ती टोली बढाएको छ। प्रनाउ सुबेदीले अब सुरक्षा गस्ती ब्यापक रुपमा परिचालन हुने बताए। गस्ती गर्न प्रहरीलाई पैदल हिढ्नु पर्ने भएको कारण कठिन हुने देखिन्छ।

जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्तीमा निस्केपछि गाउँ गाउँमा रहेका प्रहरी चौकीका जनशक्तिलाई मनोबल बढ्ने बिस्वास प्रहरीले लिएको छ। केही समय अगाडी अदानचुली गाउँपालिकाबाट बिप्लव माओदावीका जिल्ला सेक्रेटरीलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गर्न सफल भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?