बारामा सरुवा रोग अस्पताल र ट्रमा सेन्टर निर्माण हुने, मुख्यमन्त्रीद्वारा जग्गाको निरीक्षण

बारामा सरुवा रोग अस्पताल र ट्रमा सेन्टर निर्माण हुने, मुख्यमन्त्रीद्वारा जग्गाको निरीक्षण
+
-

पर्सा-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि शुक्रबार जग्गाको स्थलगत निरीक्षण गरेका छन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस्पतालको लागी जग्गाको निरीक्षण गरेका हुन।

बाराको कलैया उपमहानगरपालिका १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल तथा बारा पथलैया स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने निति अनुरुप जग्गाको निरीक्षण कार्य सम्पन्न भएको छ।

सरुवा रोग अस्पतालका लागी कलैया उपमहानगरले ७ विग्घा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ, भने पथलैया स्थित स्वास्थ्य तालिम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ ।

जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माण लाई आफनो नीति तथा कार्यक्रममै राखेर बजेट समेत विनियोजन गरि सकेको अवस्थामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि दुबै अस्पतालको निर्माण कार्य चाडै शुरु हुने बताए।

उनले यी दुबै अस्पताल प्रदेशको गौरबको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित हुने बताए । सरुवा रोग अस्पतालको शिलान्यास यही मंसिर १५ गते भर्चुअल माध्यमले हुने भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष