एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियासँग भारत ६६ रनले पराजित

एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियासँग भारत ६६ रनले पराजित
+
-

भारत र अष्ट्रेलियाबीचको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा शुक्रबार अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको छ।

सिड्नीमा टस जितेर पहिलो व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७५ रन बनाएको थियो।

अष्ट्रेलियका लागि डेविड वार्नरले ६९, आरोन फिन्चले ११४, स्टिभन स्मिथले १०५ र ग्लेन म्याक्सवेलले ४५ रन बनाए।

बलिङतर्फ भारतका मोहम्मद शामीले तीन तथा जसप्रित बुमराह, नवदीप सैनी र युवेन्द्र चाहलले एक–एक विकेट लिए।

३७५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३ सय ८ रन मात्रै बनाउन सक्यो।

भारतका लागि हार्दिक पाण्ड्याले ९०, शिखर धवनले ७४, नवदीप सैनीले २९, रविन्द्र जडेजाले २५, मयंक अग्रवालले २२ र विराट कोहलीले २१ रन जोडे पनि जीतका लागि प्रयाप्त भएन।

भारतमाथि जित दर्ता गर्न अष्ट्रेलियाका अदम जम्पाले चार, जोश हेजल्वुडले तीन र मिचेल स्टार्कले एक विकेट लिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष