प्रदेश–१ का प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश–१ का प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण
+
-

मोरङ– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमुना परिक्षण गराएका ७२ वर्षीय प्रमुख अधिकारीको बेलुका रिपोर्ट पोजिटिभ आएको हो।

प्रदेश प्रमुखका सचिवालय सदस्य खेमराज अधिकारीका अनुसार शुक्रबार राति अधिकारीलाई कोरोनो संक्रमण पुष्टि भएको हो।

प्रमुख अधिकारीसँगै  उनकी ६४ वर्षीया श्रीमती जानुका अधिकारी र एकजना सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ। संक्रमण देखिएसँगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन्।

प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर बिहीबार विराटनगर फर्किएका थिए। पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ।

यसअघि प्रदेश १ मा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेमा समेत संक्रमण पुष्टि भएको थियो। यद्यपि दुबैजना निको भएर दैनिकीमा फर्किसकेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष