सुदूरपश्चिममा थप ९० जनामा कोरोना पुष्टि, कैलालीका मात्रै ७४ जना

सुदूरपश्चिममा थप ९० जनामा कोरोना पुष्टि, कैलालीका मात्रै ७४ जना
+
-

धनगढी– कैलालीमा एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार २ सय ९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जनामा संक्रमण देखिएको जानकारी दिए।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का पाँच जना, वडा नम्बर २ का दुई जना, त्यस्तै वडा नम्बर ३, ८, १४ र वडा नखुलेका १/१ जनामा संक्रमण देखिएको छ।

यसैगरी कैलालीकै टीकापुर नगरपालिकाका २९ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका सात जना, कैलारी गाउँपालिकाका पाँच जना, गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३/३ जना, यस्तै घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका २/२ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १/१ जनामा कोराना पुष्टि भएको छ।

यस्तै सेतीको परीक्षणमै डडेल्धुराको परशुराम नगरपालिकाका चार जना, डोटीको जोरायल गाउँपालिकाका एक जना, त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सेतीको परीक्षणमा ८२ सहित अन्य प्रयोगशालामा गरी सुदूरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार शनिबार सेतीमा ८२ सहित डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४ जना र अछामको कमलबजार प्रयोगशालामा ४ जनामा संक्रमण पुष्टि भएको छ।

शनिबार ९० जना थपिएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय १७ पुगेको छ। जसमा शनिबारसम्म ९ हजार ३ सय ३ जनाको कोरोना संक्रमण जितेको मन्त्रालयले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष