‘कुली नं १’ को ट्रेलरमा ‘लाइक-डिसलाइक’ गोप्य

‘कुली नं १’ को ट्रेलरमा ‘लाइक-डिसलाइक’ गोप्य
+
-

बलिउड अभिनेता वरुण धवनको चलचित्र ‘कुली नं १’ को ट्रेलर भिडियोमा लाइक र डिसलाईक नदेखिने बनाइएको छ।

शनिबार अमेजोन प्राइम इन्डियाको आधिकारिक युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको थियो।

सन् १९९५ मा प्रदर्शन भएको कुली नं १ कै ‘कपी’ यो चलचित्र हो। पहिलो पल्ट बनेको चलचित्रमा गोबिन्दा र करिश्मा कपूर मुख्य भूमिकामा थिए। यो चलचित्रका निर्देशक डेविड धवननै थिए।

ट्रेलरलाई पूजा इन्टरटेनमेन्टले सार्वजनिक गरेको छ। ट्रेलरमा लाइक, डिसलाइक नदेखिने बनाएपछि कमेन्टमा धेरै प्रतिक्रिया आएको छ। जसमा वरुण र सारा अलि खानको अभिनय ओभर भएको प्रतिक्रिया दिइएको छ।

पछिल्लो समय बलिउडमा नेपोटिजमको मुद्दा उठेसँगै स्टार किडलाई आम दर्शकले गालि गरिरहेको अवस्था छ। यो भन्दा अगाडि आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलरमा लाइक भन्दा डिसलाइक धेरै भएको थियो ।

हालसम्म याे  ट्रेलरमा १ कराेड ३० लाख डिसलाइक छ। यो ट्रेलरमा कलाकारको अभिनय हैन, व्यक्तिलाई गाली गरिएको छ।

शनिबार ट्रेलर सार्वजनिक भएको ‘कुली नं १’ चलचित्रमा वरुणसँगै सारा अलि खान, परेश रावल, जावेद जाफरी, राजपाल यादव, जोनी लिभर लगायत कलाकारको मुख्य भूमिका रहेको छ। यो चलचित्रलाई डिसेम्बर २५ मा अमेजन प्राइम भिडियोमा प्रदर्शन हुनेछ । यो चलचित्रलाई वरुण धवनको बुवा डेबिड धवनले निर्देशन गरेका हुन्।

 

यो पनि पढ्नुहोस्

वरुण धवनको चलचित्र ‘कुली नम्बर १’को ट्रेलर सार्वजनिक

वरुण धवनको चलचित्र ‘कुली नम्बर १’को ट्रेलर सार्वजनिक

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष