पर्साको चार स्थानीय तहमा अस्पतालको शिलान्यास

पर्साको चार स्थानीय तहमा अस्पतालको शिलान्यास
+
-

पर्सा- पर्साको ग्रामीण क्षेत्रमा रहेका चार स्थानीय तहहरुमा आधारभुत अस्पतालको शिलान्यास गरिएको छ।

सोमबार एक कार्यक्रमकाबीच जिल्लाको ठोरी गाउँपालिका,जिरा भवानी,धोबिनी र पटेर्वा सुगौली गाउँपालिकामा आधारभुत अस्पतालको शिलान्यास गरिएको हो।

ठोरी गाउँपालिका २ मा प्राथमिक स्वास्थ्य केन्द्रको जग्गामा १५ सैयाको आधारभुत अस्पतालको गाउँपालीका प्रमुख पदम लाल श्रेष्ठले शिलान्यास गरेका छन्। उक्त अस्पताल १८ करोडको लागतमा निर्माण गरिनेछ।

जिल्लाको दक्षिणी भेगको ग्रामीण क्षेत्रमा रहेको ठोरी गाउँपालिकाका स्थानीयहरु स्वास्थय जाँच गराउन सदरमुकाम बिरगंज भरतपुर, चितवन जान नपरोस भन्ने उदेश्यसहित अस्पतालको निर्माण गरिने प्रमुख श्रेष्ठले बताए।

अस्पताल निर्माण भएपछि ठोरी तथा ग्रामिण क्षेत्रका अन्य स्थानीय तहका जनतालाई समेत स्वास्थय सेवा सहज तरिकाले उपल्बध हुने श्रेष्ठले विशवास ब्यक्त गरे । यसैगरि जिरा भवानी गाउँपालिकाको वडा नम्बर २ मा पनि १० सैयाको आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ।

अस्पताल भवनको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख रामप्रित महतो थारुले शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सफिकुल अंसारी, डाक्टर, नर्स, लगायत सम्पूर्ण स्वयंसेविका तथा कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो।

त्यस्तै सोमबार नै पटेर्वा सुगौली गाउँपालिका पनि १० बेडको अस्पतालको शिलान्यास गरिएको छ ।गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण हुने अस्पतालको गाउँपालिका प्रमुख हरि नारायण चौधरीले शिलान्यास गरेका थिए।

शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उप प्रमुख ममता महतो, वडाध्यक्ष फरमान मिया, विजय गैरे, मोतिलाल साह कानु लगायतको उपस्थिती रहेको थियो ।त्यस्तै धोबिनी गाउँपालिका २ मा पनि १५ सैयाको अस्पतिालको शिलान्यास गर्रिको छ।

वडा नम्बर २ भिखमपुरमा निर्माण हुने अस्पतालको गाउँपालिका प्रमुख सुरेश कुर्मीले शलिान्यास गरेको गाउँपालिकाका स्वास्थय संयोजक सँजय यादवले जानकारी दिए ।

नेपाल सरकारको निति अनुसार प्रत्येक स्थानिय तहमा ५ देखि १५ सैयाको अस्पताल निर्माण गरिने कार्यक्रम अनुसार पर्सामा पनि अस्पतालको शिलान्यास गरिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष