
मोरङ-विराटनगरको रेल्वे र रिंगरोड निर्माण कार्यले शीघ्र गति लिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएकाछन् ।
मोरंगको कटहरी गाँउपालिकास्थित एक क्लबको २४ औं वार्षिकोत्सवका क्रममा मन्त्री घिमिरेले हाल जग्गा मुआब्जा विवादका कारण रोकिएको कार्य चाडै नै अघि बढ्ने बताएका हुन् ।
गाँउपालिकाको वडा नम्बर १ मा जग्गा मुआब्जाको कुरामा सहमति बन्न नसक्दा रेल्वे र रिंगरोडको कार्य ठप्प रहेको छ। कार्यक्रममा मन्त्री घिमिरेले जग्गा मुआब्जाको विवाद समाधानतर्फ गएको हुदाँ ठप्प कार्य चाडै अघि बढ्ने बताएका हुन्।
दुवै कार्य सम्पन्न भएसंगै कटहरी गाँउपालिकाको सामाजिक र आर्थिक जीवनमा परिवर्तन हुने मन्त्री घिमिरेले उल्लेख गरेका थिए।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेकाछन् । सोही क्रममा मन्त्री घिमिरेले संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री वितरण गरेका थिए।