कोरोना संक्रमितहरुको फोक्सोमा लामो समय असर पर्ने देखियोः अनुसन्धानकर्ता

कोरोना संक्रमितहरुको फोक्सोमा लामो समय असर पर्ने देखियोः अनुसन्धानकर्ता
+
-

कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको फोक्सोमा संक्रमण निको भएको तीन महिना भन्दा बढि समयसम्म असर पर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

तर यो विषय अझै पनि खोज र विवादको विषय रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

अक्सोफोर्ट विश्वविद्यालयमा १० जना संक्रमितमा गरिएको अध्ययनमा कोरोना भाइरसको संक्रमणका कारण तीन महिना भन्दा बढि समय फोक्सोमा असामान्य असर देखिएको हो ।

सो असर नोवल स्क्यानिङ्गबाट मात्रै थाहा पाउन सकिने अध्ययनमा संलग्नले बताएका छन् । कन्भेन्सल स्क्यानबाट कोरोना भाइरसको संक्रमणबाट फोक्सोमा पर्ने असरबारे थाहा नहुने अनुसन्धानकर्ताले बताए ।

जेनन ग्यासको प्रयोग गरेर एमआरआई स्क्यान गरेर फोक्सोमा परेको असर देखिएको हो ।

फोक्सो रोग विज्ञहरुले कोभिड–१९ का बिरामीमा दीर्घकालीन असर पर्ने देखिनुले बिरामीहरुमा ठूलो प्रभाव पर्ने बताएका छन् ।

१९ देखि ६९ वर्ष उमेर समूहका १० जनामा गरिएको अध्ययनमा तीन महिना भन्दा लामो समय असर पर्ने देखिएको र थप अनुसन्धानको खाँचो रहेको प्रमुख अनुसन्धानकर्ता प्रोफेसर फेर्गुस ग्लीसनले जनाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?