
सिमकोट-हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर-३ का एकजना खाना पकाइरहेका बेला कुकर पड्किदा गम्भीर घाइते भएका छन्।
आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर कुकर पड्किदा वडा ३ का देउलु रोकाया गम्भीर घाइते भएका हुन।
कुकर पड्किदा रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिए । उनले भान्सामा खाना पाकी रहेको बेला वासर चुटिएको थाहा नपाएकाले कुकरको ढकन फुत्किएर बुवाको टाउकोमा लागेको बताए।
रोकायाका टाउँकोमा गम्भीर चोट लागेको छ। टाउकाको हड्डीमा गम्भीर चोट लागेको छ। उनको श्रीनगर स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ। तर चोट गम्भीर भए काले रिफरको लागि मंगलबार राति नै बाजुराको धुलाचौर पुर्याइएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए।
उनले टाउकोमा गम्भीर चोट लागेको छ, हड्डीनै भाँचीए जस्तो छ, यहाँ चेकजाँच गर्ने साधन नै छैन यहाँ नसकीने भएर जिल्ला बाहिर रिफर गरिएको बताए।
घाइते रोकायालाइ बाजुराको कोल्टी बिमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज लिने तयारी भहिरहेको छ। घटना मंगलवार राती भएको हो।
घाईतेलाई सदरमुकाम काम ल्याउन भन्दा बाजुरा लिन नजिक पर्छ । घटना स्थल सदरमुकाम सिमकोटबाट तीन दिन पैदल लाग्छ।