
सिमकोट – सिमकोट विमानस्थलको कार्यालय प्रमुख बस्ने क्वाटरमा बिहीवार बिहान आगाली भएको छ । आगालागी पछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण आगो नियमन्त्रणका लागि प्रयास गरि रहेका छन् । आगालागी के कसरी भयो खुलेको छैन । आगालागीबाट कति क्षति भयो आउन बाँकी छ । सिमकोट बजारमा प्रहरीले माईकिङ गरेर सर्वसाधारणलाई आगो नियन्त्रणमा सहयोग गर्न आग्रह गरी रहेको छ ।