चीनको रोबोटिक च्याङ्ग’इ–५ले पठायो चन्द्रमाको रंगीन तस्बिर

चीनको रोबोटिक च्याङ्ग’इ–५ले पठायो चन्द्रमाको रंगीन तस्बिर
+
-

चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रमाको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको बीबीसीले उल्लेख गरेको छ।

चन्द्रमाबाट त्‍यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने अभियानमा जुटेको चीन गत मंगलबार २४ नोभेम्बर राति चन्द्रमाको सहतमा अवतरण गरेको थियो।

त्यहाँ ओर्लेपछि च्याङ्ग’इ–५ले चन्द्रमा सतहबाट नमूना संकलन गर्ने काम थालिसकेको छ। संकलित ती नमूनाहरु रिटर्न मोड्युलसम्‍म पुर्‍याउने काम भने बिहीबारदेखि सुरु गर्ने चिनियाँ राष्ट्रिय स्पेस प्रशासन (सीएनएसए)ले जनाएको छ।

च्याङ्ग’इ–५ले केही दिनसम्‍म यही काम गरेपनि पछि उक्त नमूनालाई चन्द्रको कक्षमा रहेको सर्भिस भिकल तथा रिटर्न मोड्‍युलसम्‍म पुर्‍याउनेछ, जसले उक्त नमूनालाई पृथ्वीमा पठाउनेछ।

उक्त योजना अनुसार रिटर्न मोड्‍यूल मंगोलियाको भित्री इलाकाको सिजिवाङको घाँसे मैदानमा अवररतण गर्न सक्‍ने सीएनएसए)ले जनाएको छ।

च्याङ्ग’इ–५ मिशन अघि चीनले दुई अन्‍य मून मिसन पठाएको थियो। सन् २०१३ मा च्याङ्ग-इ–३ र सन् २०१९मा च्याङ्ग’इ–४ मुन मिसन। यी दुवैमा एउटा ल्‍याण्डरका साथ-साथै एउटा सानो मून रोबर समावेश गरिएको थियो।

तर च्याङ्ग’इ–५ मिसन यी दुवैभन्दा निकै जटिल मिसन हो ।

करीब ८.२ टन तौल रहेको यो च्याङ्ग’इ–५लाई एउटा अन्तरिक्षयानको माध्‍यमबाट २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचाङ स्टेशनबाट प्रक्षेपण गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?