
सिमकोट- सदरमुका सिमकोट स्थित विमानस्थलका कर्मचारी बस्ने क्वाटरमा लागेको आगलागीबाट १० लाख ६५ हजार बराबरको क्षति भएको छ।
बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको आगोको प्राबिधिक मुल्याङ्कन पछि सो क्षति एकिन भएको हो।
क्वाटरको स्टोर कोठामा बिधुत सर्ट भएको आगालागीबाट भान्सा र अर्को एक कोठामा पनि क्षति पुगेको र सिमकोट गाउँपालिकाका प्राविधिकबाट आगलागीको मुल्याङ्कन गर्दा ठुलो क्षेतीको बिबरण आएको प्रहरी निरीक्षक सिताराम बिष्टले बताएका छन्।
छ कोठे क्वाटरका अन्य कोठामा पनि क्षति पुगेको छ। विमानस्थल प्रमुख बस्ने भवनमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।
कार्यालयका आबश्यक कागजात, सोलार, ब्याट्री, एसी लगाएका सामाग्री नष्ट भएका छन्। आगलागीको अनुसन्धान गर्न नागरिक उड्डयान प्राधिकरण काठमाडौंबाट एक टोली सिमकोट आएर अनुसन्धान समेत गरेको छ।