
काठमाडौँ – पार्टी भित्रको विवादका कारण समस्यामा देखिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्श तीव्र पारेका छन् ।
स्थायी कमिटि बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन् ।
ओलीले आइतबार राष्ट्रपति भण्डारीसँग शीतल निवासमा झण्डै एक घण्टा परामर्श गरेको नेकपा स्रोतले बताएको छ ।
धुम्बाराहीमा बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली नपुग्दा दिउँसो १ बजेका लागि तय भएको स्थायी कमिटि बैठक सुरु हुन सकेको छैन । उनी बाहेक स्थायी कमिटिका अरु ४३ सदस्य पार्टी कार्यालयमा छन् ।
बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश गर्ने तयारी छ।
ओली पक्षका नेताहरुले उपाध्यक्ष वामदेव गौतमलाई फकाउने प्रयास पनि गरेका थिए।