हुम्लामा पाँच दिनदेखि मोबाइल नेटवर्कमा समस्या

हुम्लामा पाँच दिनदेखि मोबाइल नेटवर्कमा समस्या
+
-

सिमकोट– विगत पाँच दिनदेखि हुम्लामा नेपाल टेलिकम तथा एनसेलको मोबाइल नेटवर्कमा खराबी आउँदा सेवाग्राहीलाई समस्या भएको छ।

दुबै कम्पनीको मोबाइल नेटवर्कमा घण्टी जाने तर आवाज नसुनिने समस्या देखिएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो।

स्थानीय नन्दबहादुर सिंहले मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट नसुनिने गुनासो गरे। बिहान र बेलुका नेटवर्कले केही काम गरेपनि दिउँसो बढी समस्या देखिएको उनले बताए।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पनि मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको बताए।  नागरिकबाट मोबाइल नेटवर्कले काम नगरेको गुनासो आएपछि टेलिकमलाई सो अवरोध हटाउन पत्राचार गरेको उनले जानकारी दिए।

हाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्याले सेवाग्राहीलाई मर्का परेको बताउँदै टेलिकम प्रमुख शिव भट्टराईले यो हुम्लाको मात्रै  समस्या नभएको बताए। उनले यो समस्या जुम्ला र कालिकोटमा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा भएको बताए।

मोबाइल टावरको क्षमता कम र सिम बढी वतरण भएको हुँदा पनि यो समस्या देखिएको भट्टराईको भनाइ छ।

प्रमुख भट्टराईले जिल्लामा मोबाइल नेटवर्कमा देखिएको समस्याका सम्बन्धमा टेलिकमको क्षेत्रीय कार्यालयलाई जानकारी गराइसकेको बताए।

हुम्लामा नेपाल टेलिकममा मात्र नभई निजी क्षेत्रको एनसेलमा पनि आवाज नसुनिने समस्या छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?