
काठमाडौँ- नेकपाको आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा जारी स्थायी कमिटी बैठकमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अडान जायज भएको बताएका छन्।
बैठकबाट बाहिर निस्केर उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आइतबारको बैठकमा सहभागी नभई पठाएको अडान सही भएको बताए। उनले भने, ‘प्रधानमन्त्री ओलीको अडान सही छ, अर्का अध्यक्ष दाहालले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्छ।’
आइतबारको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दाहालले आफूबिरुद्ध लगाएको आरोपले भरिएको प्रस्ताव फिर्ता लिनुपर्ने अडानसहितको पत्र पठाएका थिए।
सुब्बाले भने, ‘अल्पमत र बहुमत भनेर हुँदैन, सहमतिबाट अगाडि बढ्नुपर्छ, अल्पमत र बहुमतको कुरा झिके पार्टी दुर्घटनामा पर्छ।’