प्रहरीले मोरङबाट अवैध रुपमा भारत लैजाँदै गरेका ४७ गाई–गोरु लियो नियन्त्रणमा

प्रहरीले मोरङबाट अवैध रुपमा भारत लैजाँदै गरेका ४७ गाई–गोरु लियो नियन्त्रणमा
+
-

मोरङ – मोरङको धनपालथान गाउँपालिकामा भारततर्फ अवैध रुपमा लैजाँदै गरेको अवस्थामा ४७ गाई–गोरु प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान करिब साढे १ बजे गाउँपालिका–१, गडेरिया चौकबाट नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक मानबहादुर राईका अनुसार भेटनरी क्वारेन्टिनबाट अनुमति तथा सिफारिस नगरिएका २९ वटा गाई, १५ गोरु, एक बाच्छी र दुई बाच्छा गरी ४७ गाई–गोरु प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी प्रवक्ता राईका अनुसार करिब ५ लाख २१ हजार रुपैयाँ बराबरको गाई–गोरु भारततर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

हाल प्रहरीले नियन्त्रणमा लिएका गाई–गोरु विराटनगर रानीस्थित भन्सार कार्यालयलाई बुझाउने जनाएको छ । प्रहरीले गाई–गोरुको मालिक वा अवैध रुपमा भारत लैजाने व्यक्तिबारे जानकारी दिएको छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष