
नेपालगञ्ज – बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कञ्चनपुरका ४५ वर्षीय पुरुष र कैलालीका ६७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।
कञ्चनपुरका ४५ वर्षीय पुरुषलाई मंसिर १८ गते कोहलपुरमा ल्याइएको थियो । उनको बुधबार राति मृत्यु भएको हो।
कैलाली जिल्ला जमुनी–२ का ६७ वर्षीय पुरुषको आज बिहान ८ः३५ बजे मृत्यु भएको छ । मंसिर २२ गते कोहलपुरमा ल्याइएका उनलाई त्यही दिन कोरोना पुष्टि भएको थियो ।
बाँकेमा बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।