विश्‍वभर फेसबुक र इन्स्टाग्रामको म्‍यासेन्जरमा समस्या

विश्‍वभर फेसबुक र इन्स्टाग्रामको म्‍यासेन्जरमा समस्या
+
-

काठमाडौँ- विश्‍वको सर्वाधित चर्चित सामाजिक सञ्‍जाल फेसबुक र इनस्टाग्रामको म्‍यासेन्जरमा समस्या आएको छ। डाउन डिरेक्टरका अनुसार  फेसबुक र इन्स्टाग्रामको च्याटमा समस्या देखिएपछि प्रयोगकर्ताहरुले गुनासो गरेका छन्। डाउन डिरेक्टर

यो समस्या विहानैदेखि सुरु भएको प्रयोगकर्ताहरुको गुनासो गरेको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरुले जनाएका छन्।

यता डाउन डिरेक्टरले भने २४ घण्टादेखि फेसबुक र इन्स्टाग्रामको म्‍यासेन्जरमा समस्या रहेको उल्लेख गरेको छ।

डाउन डिरेक्टरका अनुसार सबैभन्दा धेरै म्यासेनजर रिसिभिङमा देखिएको छ भने त्यसपछि कनेक्टिङ सर्भरमा देखिएको छ। जसमा  ५१ प्रतिशत रिसिभिङ म्यासेजिङ,  ३१ प्रतिशत कनेक्टिङ सर्भर र १७ प्रतिशत लग इनमा सर्भरमा समस्या देखिएको छ।

यस्तै सबैभन्दा कम लग इनमा पनि समस्या देखिएको छ। यसअघि ११, १२ र २० नोभेम्बरमा पनि लगातार म्यासेन्जरमा समस्या आएको थियो।

त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको डाउनडिटेक्टरले जनाएको छ।

यी समस्याहरु देखिएपछि युरोप र जापानका  प्रयोगकर्ताहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए।

डाउन डिटेक्टरका अनुसार इन्स्टाग्रामको न्‍युज फिडमा ५८ प्रतिशत, स्टोरीमा २२ प्रतिशत र पोस्टिङमा १८ प्रतिशत समस्या देखिएको छ।

तर, अहिले अष्ट्रेलिया, भारत, कोरिया लगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन्। यसअघि ४, ७ र ८ डिसेम्बरमा पनि इन्स्टाग्राममा समस्या देखिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?